अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीको दाबी– ‘स्थानीय तहमा अब एमालेको एक्लै बहुमत’

अध्यक्ष ओलीको दाबी– ‘स्थानीय तहमा अब एमालेको एक्लै बहुमत’


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत हासिल गर्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

‘गठबन्धन तोडेर होइन,गठबन्धन कायम गरेरै हामी जित्ने र्छौं,’ गठबन्धन तर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभया, ‘हारेपछि भाग्ने ठाउँ कहीं छ भने खोजे हुन्छ तर निर्वाचनबाट चाँही हामी भागन दिदैनौ ’

२०७४ निर्वाचनमा एमाले एक्लैले ४१.२८ प्रतिशत स्थानमा जित हासिल गरेको स्मरण गर्दै अध्यक्ष ओलीले यस वर्ष त्यो भन्दा धेरै स्थानमा जित हासिल गरिने बताउनुभयो ।