अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्थानीय तहका पाँच वर्ष : अध्यक्ष ओलीद्वारा जनप्रतिनिधिको उच्च प्रशंसा

स्थानीय तहका पाँच वर्ष : अध्यक्ष ओलीद्वारा जनप्रतिनिधिको उच्च प्रशंसा


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा गएका जनप्रतिनिधिको उच्च प्रशंसा गर्नुभएको छ ।

कोभिड महामारी नियन्त्रण र रोकथाम, शिक्षामा सुधार, कृषकलाई प्रोत्साहन, सामुहकि भावनाको विकास, प्रविधिको प्रयोग आदि कुरामा असाधारण भूमिका निर्वाह गरेको अध्यक्ष ओलीले बताउनुभएको छ । ‘जनप्रतिनिधिका कामबाट नै स्थानीय तहलाई किन सरकार भनियो भन्ने कुराको पुष्टि गरेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यी सबै राम्रा कामका लागि सबै जनप्रतिनिधिको उच्च प्रशंसा गर्न चाहन्छु ।’

‘पहिलो कार्यकाल भएको स्थानीय तह सञ्चालनका कतिपय कानुन थिएनन्, ऐन थिएनन् तर पनि जनप्रतिनिधिहरुले सुझबुझपूर्वक काम गरेको ओलीको भनाइ छ । ‘हामीले कसरी कानुन बनायौं, कसरी काम गर्‍यौं अरुलाई पनि काम लाग्दछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी कार्यकालमा यी सबै अनुभवहरुलाई तिव्रतापूर्वक अघि बढाउनु पर्दछ ।’