अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

के छ महाअभियोग प्रस्तावमा (पूर्णपाठ)

के छ महाअभियोग प्रस्तावमा (पूर्णपाठ)


काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका छन् ।

आइतबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदहरूले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

बिहान ११ बजेर १० मिनेटमा दर्ता गरिएको पत्रमा महाअभियोग लगाउनुपर्ने आधार र कारण खुलाइको छ । जसमा प्रधानन्यायाधीश जबरा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जर्गेना गर्न असक्षम भएको उल्लेख छ ।