अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको प्रतिक्रिया– ‘एमाले चुपचाप लागेर बसेको ठाउँबाट गठबन्धनले ढुंगा हान्यो’

एमाले अध्यक्ष ओलीको प्रतिक्रिया– ‘एमाले चुपचाप लागेर बसेको ठाउँबाट गठबन्धनले ढुंगा हान्यो’


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले ढुंगा हानेको प्रतिक्रिया दिनुभएको छ ।

आइतबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदहरूले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएपछि योबेला डट कमलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले चुपचाप लागेर बसेको ठाउँबाट गठबन्धनले ढुंगा हानेको छ, यसलाई एमालेले गम्भीर रुपमा लिएको छ ।’

अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको पनि बताउनुभयो । ‘महाअभियोग प्रस्ताव अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम हो,’ उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएकोसमेत आशंका गर्नुभयो ।

सत्तापक्ष र प्रतिपक्षबीच तनाव काम भइरहेकाबेला सत्तापक्षबाट भएको कदम स्वीकार्य नहुनेसमेत अध्यक्ष ओलीले बताउनुभयो ।