अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सुरु, चार न्यायाधीशविरुद्ध महाअभियोगको सम्भावना

एमाले सचिवालय बैठक सुरु, चार न्यायाधीशविरुद्ध महाअभियोगको सम्भावना


काठमाडौं – प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाइएपछि नयाँ रणनीति बनाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ । आजको बैठकमा महाअभियोग प्रकरणले नेपाली राजनीतिमा पार्ने दुरगामी असरका बारेमा छलफल गरेर भावी रणनीति तय गर्ने सचिवालयका एक सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार आजको बैठकमा परमादेशबाट नयाँ सरकार गठन गर्न मद्दत गर्न सर्वोच्चका अन्य न्यायाधीशका विषयमा पनि एमालेले ठोस निर्णय गर्ने तयारी छ । ‘एमालेले परमादेशवाला अन्य चारजना न्यायाधीशलाई पनि महाअभियोग लगाउन सक्छ’ एक नेताले जानकारी दिनुभयो ।

असार २८ गते प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस बदर गर्दै परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।