अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक आज, महाअभियोगको जवाफ दिने तयारी

एमाले संसदीय दलको बैठक आज, महाअभियोगको जवाफ दिने तयारी


काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावको सम्बन्धि प्रशिक्षण सुरु गरेपछि एमालेका धेरै सांसद राजधानी बाहिर छन् । गम्भीर विषयमा आएकाले यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए । एमालेले आइतबार बेलुकासम्म सबै सांसदहरुलाई काठमाडौं फर्किन निर्देशन दिएको थियो ।

आकस्मिकरुपमा आइतबार साँझ नै बसेको एमाले सचिवालय बैठकले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले महाअभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिएको छ ।

एमालेले चार न्यायाधीश र सभामुखविरुद्ध महाअभियोग लगाउने सम्मको तयारी गरेको छ ।