अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाको फोहोर विसर्जनका निम्ति संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ : मेयर शाक्य

उपत्यकाको फोहोर विसर्जनका निम्ति संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ : मेयर शाक्य


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती तथा लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

उहाँले २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराउनु भयो । प्रमुख शाक्यले भन्नुभयो, ‘त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको हो । तर उपत्यकाको फोहोर पटक–पटक रोकिदा गाली काठमाडौँ महानगरपालिकाले खानु परेको छ । त्यसैले उपत्यकाको फोहोर विसर्जनको लागि संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ ।’