अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसदमा एमसीसी टेबल गरे गठबन्धनबाट माओवादी बाहिरिने संसदीय दलको निर्णय

संसदमा एमसीसी टेबल गरे गठबन्धनबाट माओवादी बाहिरिने संसदीय दलको निर्णय


काठमाडौं -नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे गठबन्धन तोडेर सरकारबाट बाहिरिने बताउनुभएको छ।
संसदीय दलको भर्खरै बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभएको छ ।

‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, बैठकपछि गुरुङले भन्नुभयो ।
तर प्रधानमन्त्री देउवासँग प्रचण्डले आफूहरु संसदमा अनुपस्थित हुने र सरकारले एमसीसी संसदमा टेवल गर्नसक्ने बचन दिनुभएको स्रोतले बताएको छ ।