अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अबरोधबीच संसद बैठक, शोक प्रस्तावमा सीमित, ६ गतेसम्मका लागि स्थगित

एमाले अबरोधबीच संसद बैठक, शोक प्रस्तावमा सीमित, ६ गतेसम्मका लागि स्थगित


काठमाडौं– नेकपा एमालेको अबरोधबीच प्रतिनिधि सभा बैठक केही समय बसेर स्थगित भएको छ ।

अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेस गर्नुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा स्व। सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दुमन थापाको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।