अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुटबलका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

फुटबलका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले प्रहरी सेवामा प्रवेश गर्न नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आज विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उहाँले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

अख्तियारको अनुसन्धानअनुसार खड्काले भारतको उत्तर प्रदेशको माध्यामिक शिक्षा परिषद् वाराणशबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको जनाइएको छ । 

सोही प्रमाणपत्रका आधारमा खड्काले २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको आरोप लागेको थियो

खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

खड्का राष्ट्रिय फुटबल टोलीबाट सवैभन्दा धेरै १३ गोल गर्ने खेलाडीमध्येका एक हुन् । खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् । खड्का अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभागका प्रमुखका रूपमा कार्यरत छन् ।

खड्काको नेपाल पुलिस क्लबबाट लामो समय फुटबल खेल्नुभएको थियो । खड्काकै कप्तानीमा पुलिस क्लबले २०६३ मा सहिद स्मारक ’ए’ डिभिजन लिगको उपाधि जितेको थियो । २०६४ को लिगमा खड्का  सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।