अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘फेक’ र ‘पेड’सुचनाले समाजलाई नराम्ररी थिच्यो : बास्कोटा

‘फेक’ र ‘पेड’सुचनाले समाजलाई नराम्ररी थिच्यो : बास्कोटा


काठमाडौ -नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने अवस्था आएको बताउनुभएको छ ।

बाँस्कोटाले एमालेले एमसीसीको बारेमा निर्णय गरेन भनेर नआत्तिन अनुरोध गर्दै दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी एमाले भएको उहाँको दाबी छ । । उनले समाधानविनाको उग्रताले कहीँ पनि नपुर्याउने बताएका छन ।

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन, ‘अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो।समाधान विनाको उग्रताले कहिं पनि पुर्याउॅंदैन।फलानो बोल्यो,तिलानो बोल्यो,एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन।दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।’