अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो


काठमाडौँ – सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।  आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा  कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ  । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।