अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको ९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको ९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ


काठमाडौं – भन्सार छली गरी ल्याउँदै गरेको ९३६ ग्राम अर्धठोस सुनसहित ४७ वर्षीय बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।

राहदानी नम्बर ए००२६२२२९ वाहक मोहम्मदलाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।

उनले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक ४० वर्षीय पारस नाथ साहले ल्याउन लगाएको बताएका थिए । त्यसपछि यू५४४०२८१ नम्बरको राहदानी वहाक पारसलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको  छ ।