अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रले भन्यो- अहिले युक्रेन नजानू, त्यहीँ भए नेपाल फर्किहाल्नु

परराष्ट्रले भन्यो- अहिले युक्रेन नजानू, त्यहीँ भए नेपाल फर्किहाल्नु


काठमाडौं – युक्रेन–रुस तनाव चर्किँदै गर्दा नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन छोड्न सूचना जारी गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ।

‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ।