काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच सहसचिवको सरुवा गरेको छ।
संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले मंगलबार पाँच सहसचिवको सरुवा सम्बन्धी निर्णय लिनु भएको हो। सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सूर्य सेढाईँ र बासुदेव घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ। त्यस्तै सहसचिव दिपक घिमिरेको राष्ट्रिय किताबखानामा सरुवा गरिएको छ।
त्यसैगरी शिक्षा मन्त्रालयका सहसचिव राम चरित्रको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेका सहसचिव उमेश ढुंगानालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।
प्रतिक्रिया