अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा जुट्यो सरकार

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा जुट्यो सरकार


काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणमा सरकार जुटेको छ।

भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनपछि तीमध्ये २० वटा पुल तत्काल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

सरकारले मर्मत गर्नुपर्ने २० वटा पुलका लागि भदौ १७ गते कार्यादेश जारी गरेको थियो। हाल महेश दोभान-मास्टार, कालिकाथान, मलिङ्गा-मझुवाटार, केउरेनी-गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत कार्य भइरहेको छ। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। क्षतिग्रस्त पुलको मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि भोटेकोशी प्रभावित क्षेत्रका स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।