अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ ।

एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।

‘युक्रेनमा रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसले बिहीबार विहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश र्फकन आग्रह गरेको छ ।

‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ ।