अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक आज, एमसीसीमाथि छलफल गर्ने कार्यसूची

प्रतिनिधि सभा बैठक आज, एमसीसीमाथि छलफल गर्ने कार्यसूची


काडमाडौं– प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बिहीबारको बैठक सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

सरकारले लामो रस्साकस्सीपछि यही फागुन ८ गते सम्झौता प्रतिनिधिसभामा टेबुल गरेको छ । सम्झौता अनुमोदनलाई लिएर सत्ता गठबन्धन, प्रतिपक्षी र जनता विभाजित छन् । सरकारले सम्झौतालाई अनुमोदन गर्ने तयारीका साथ प्रतिनिधिसभामा टेबुल गरेपछि सो सम्झौताको विरोधमा रहेको पक्ष सडक सङ्घर्षमा छन् ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयलाई लिएर बिहीबार राजनीतिक दलहरुबीचको छलफल तीव्र भएको छ ।

सम्झौतालाई निष्कर्षमा पु¥याउने उद्देश्यले सत्तारूढ दल नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का शीर्ष नेताबीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वाता भएको छ । सो भेटलगत्तै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग अध्यक्ष ओलीको छुट्टाछुट्टै ‘वान टु वान’ छलफल भएको थियो । शीर्ष नेताबीच ‘वान टु वान’ भेटपछि एमाले–कांग्रेस र एमाले–माओवादीका अन्य नेता सहभागी भएर छुट्टाछुट्टै छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीसहितका दुई दलका शीर्ष नेताबीच बिहीबार राति पनि छलफल भएको छ ।