अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वप्रकाश शर्माको आक्रोस– ‘सरकारको प्रस्ताव ढोकामै रोक्ने सभामुखले पद त्याग गर्नुपर्छ’

विश्वप्रकाश शर्माको आक्रोस– ‘सरकारको प्रस्ताव ढोकामै रोक्ने सभामुखले पद त्याग गर्नुपर्छ’


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई पद त्याग गर्न सुझाव दिनुभएको छ ।

सरकारको प्रस्तावबारे जनप्रतिनिधिबीच छलफल गर्न समेत नदिने सभामुखले पदीय मर्यादा भुलेको शर्माको आरोप छ । ‘संसदीय व्यवस्थामा जनतादारा निर्वाचित सांसदले सरकारका कुनै पनि प्रस्तावमा छलफल गर्न, पास वा फेल गर्न पाउँछन्,’ शर्माले एक टेलिभिजन कार्यक्रममा भन्नुभयो, ‘सभामुखबाट ढोकामै रोक्ने काम भएको छ, उहाँले पदीय मर्यादा कायम गर्न सक्नुभएन ।’

शर्माले राजनीतिमा सबै सम्भावनाहरु हुने बताउँदै सत्ता गठबन्धन एक ठाउँमा नभएपछि विपक्षीका माग पूरा गरेर भए पनि एमसीसी टुंगोमा पु¥याइने बताउनुभयो ।

गठबन्धन सैद्धान्तिकरुपमा टुटेको पनि शर्माको भनाइ छ ।