अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोमुखामा भीषण आगलागी, चार होटल र एउटा युवा क्लबको भवन जल्यो

दोमुखामा भीषण आगलागी, चार होटल र एउटा युवा क्लबको भवन जल्यो


झापा– झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ ।

बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेको छ ।

शिवसताक्षी न।पा। १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई वटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।