अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओली आज पोखरा जाँदै

एमाले अध्यक्ष केपी ओली आज पोखरा जाँदै


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा जान लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा छलफल हुने भएको छ ।

कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।