अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी तनावः माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

एमसीसी तनावः माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ


काठमाडौं– विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।

विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।