अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय मुद्दामा गठबन्धनबाटै माधव नेपाल फेरि पाखा लगाइए

राष्ट्रिय मुद्दामा गठबन्धनबाटै माधव नेपाल फेरि पाखा लगाइए


काठमाडौं– नेकपा (एमाले)को मूलधारबाट बाहिरिएको आवेगमा नयाँ पार्टी बनाउनुभएका माधवकुमार नेपाल राष्ट्रिय मुद्दामा छायाँमा पर्नुभएको छ ।

अमेरिकी सहयोग परियोजनामा सही स्टाण्ड नलिएका कारण नेपाललाई सत्ता गठबन्धनले नै ‘साइड’ लगाएको छ । २३ सिट रहेको नेकपा एकीकृत समाजवादी एमसीसी मुद्दामा विभाजित मात्र भएको छैन, एमसीसीविरोधी समूहको बहुमत भएको छ ।

केही दिनयता बाक्लै छलफल भए पनि माधव नेपालको उपस्थिति गौण ठानिएको छ । यही मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले पनि माधव नेपाललाई बोलाउन छाड्नुभएको छ ।

एमसीसीले काठमाडौं तातेका बेला अध्यक्ष नेपाल सुदूरपश्चिमा हुनुहुन्छ ।

नेपालको द्वैध चरित्रप्रति प्रधानमन्त्री देउवा पनि आजित हुनुहुन्छ । अनौपचारिक भेटमा देउवाले भन्नुभएको छ, ‘कुनै मुद्दामा टिक्न नसक्दा माधव नेपालले एमालेलाई ३३ सिटमा झारेका थिए ।’

देउवाले सरकारी नियुक्ति, राष्ट्रिय राजनीतिका मुल मुद्दामा छलफल हुँदा नेपाललाई बोलाउन छाडेको समाजवादी पार्टीकै शीर्ष नेता बताउँछन् ।

देउवाले निर्वाचनबारे छलफल र एमसीसीका मुद्दामा रणनीति बनाउन एमाले अध्यक्ष ओली र दाहाललाई बोलाउँदा माधव नेपाललाई टुाउनुभएको थियो ।

देउवाले प्रचण्ड र माधव नेपालसँग भन्दा राष्ट्रिय राजनीतिका मुद्दामा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने गर्नुभएको छ । उहाँ प्रधानमन्त्री भएपछि पटक पटक अध्यक्ष ओली निवास बालकोट नै जानुभएको थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरुको बैठकमा नबोलाएकोमा यसअघि पनि असन्तुष्टि जनाउनुभएको थियो ।

नेपालले आफू निकटका नेताहरुसँग कोटेश्वरमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको माग सम्बोधन गरेकोमा असन्तुष्टि जनाउनुभएको थियो

नेकपा एकीकृत समाजवादी का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले मूल राजनीतिक विषयमा गठबन्धनका मुख्य नेतालाई नबोलाउनु दुखद भएको बताउनुभयो ।