अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज पनि संसद बैठक स्थगित

आज पनि संसद बैठक स्थगित


काठमाडौं- सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद सचिवालयले यस्तो निर्णय लिएको हो।

गत आइतवार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो।

शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको संसद बैठक सरकारकै आग्रहमा स्थगित भएको छ। दलहरुबीच एमसीसीलाई लिएर तानातान बढिरहेका बेला संसद बैठक सरेको हो।