अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यासब्याक अफर

सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यासब्याक अफर


काठमाडौं – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि काठमाडौं, नक्साल तरकारी बजारमा सजिलो इ–बैंकिङ्गमार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्ने भएका छन् ।

यो योजना यही फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुने कम्पनीले जनाएको छ।

नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले प्लेस्टोर/एपस्टोरबाट सानिमा सजिलो ई-बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन्।