अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालबालिकालाई कोरोना खोप खरिद गर्न विश्व बैंकले ऋण दिने

बालबालिकालाई कोरोना खोप खरिद गर्न विश्व बैंकले ऋण दिने


काठमाडौं – नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ । सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई रु. १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।

उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिदमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–१९ इर्मजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपियडनेस परियोजना’ मार्फत विश्व बैंकले दिने रकम खर्च गरिनेछ ।