अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन

एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन


काठमाडौं- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको व्याख्यात्मक घोषणासहितको एमसीसी सम्झौता अनुमोदन भएको हो ।

अर्थमन्त्रीले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका गर्नुभएको थियो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।

एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमतिले सत्तारुढ गठबन्धन टुट्नबाट जोगिएको छ ।

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।