अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा स्थानिय तह निर्वाचनको तयारी तीव्र

लमजुङमा स्थानिय तह निर्वाचनको तयारी तीव्र


लमजुङ – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा लमजुङमा निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ । अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ०७७ पुस ५ मा प्रकाशित अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा एक लाख २२ हजार ८०६ मतदाता थिए। अहिले नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार लमजुङमा ११ महिनामा ९ हजार ६६० नयाँ मतदाता थपिएका हुन्। अघिल्लो निर्वाचन ०७४ वैशाख ३१ मा भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए ।

जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्यनेपालमा १८, सुन्दरबजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ । त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०/१०, दोर्दीमा १६ र  मर्स्याङ्दी गाउँपालीकामा २० मतदानस्थल रहेको छ ।