अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीमा निर्वाचन आयोगले थाल्यो मतदाता नामावली अध्यावधिक

धनगढीमा निर्वाचन आयोगले थाल्यो मतदाता नामावली अध्यावधिक


धनगढी – स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेको छ ।

निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ मतदाताको नामावली संकलन गरेको र अहिले पूराना मतदाताको अध्यावधिक भइरहेको छ । १८ पुसमा मतदाता नामावली दर्ताका लागि आव्हान गरिएको थियो । सो समयमा २३ हजार ४५६ नयाँ मतदाता थपिएका थिए ।

‘यसबीचमा पनि केही मतदाताको मृत्यु भइसकेको होला । कसैले बसाई सरेर गएका होलान वा नाम सच्याइनु पर्ने हुन सक्छ,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले भन्नुभयो, ‘सोही विवरण अध्यावधिकका लागि अहिले मतदाताको नामावली जिल्लाका सबै पालिकामा पठाइएको छ, वडाबाट अध्यावधिक भएर आएपछि केन्द्रमा विवरण पठाइने छ।’

जनप्रतिनिले वडामा गएर मतदाताको सहि विवरण उपलब्ध गराएपछि नयाँ नामावली सार्वजनिक गरिने सूचना अधिकारी चौधरीले बताउनु भयो । ‘नयाँ थपिएका मतदाताको नामावली कम्पुटराइज गर्ने काम भएरहेको छ,’ सूचना अधिकारी चौधरीले भन्नुभयो, ‘वडाबाट अध्यावधिक भएर आएका नामावलीमा नयाँ थपिएका मतदातालाई समेत समावेस गरेर चैत दोश्रो सातासम्म नयाँ नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ उहाँले मतदाता नामावलीको तथ्यांक केन्द्रले नै सार्वजनिक गर्ने बताउनु भयो ।

मंसिर २०७४ मा सम्पन्न निर्वाचनसम्म कैलालीमा चार लाख ६३ हजार २९२ मतदाता थिए ।