अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा समाहित

बागलुङमा माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा समाहित


बागलुङ – बागलुङमा नेकपा माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेश गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालिका वडा नं-३ धम्जाको नेकपा माओवादी केन्द्रको वडा कमिटी नै विहिवार नेकपा एमालेमा समाहित भएको हो ।

धम्जामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र काठेखोला-३ वडा कमिटीका अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमाले काठेखोला-३ का इन्चार्ज खुमबहादुर भण्डारीलाई पार्टीको वडा कमिटीको माइन्युट हस्तान्तरण गरी सवै कमिटी एमालेमा समाहित भएको घोषणा गर्नुभयो ।

नेकपा माओवादी केन्द्रले जनताको भावना विपरित कार्य अगाडि बढाएको भन्दै आफुसहित सिंगो वडा कमिटी नै एमालेमा समाहित भएको खड्काले बताउनु भयो ।

एमालेका जिल्ला सचिवालय सदस्य एवं धम्जा इन्चार्ज भण्डारीले एमालेमा समाहित सवैलाई पार्टीले न्यायपूर्ण जिम्मेवारी दिने बताउनु भयो । उहाँले धम्जामा नेकपा एमालेप्रति प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिनुभयो । सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटीका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरुलाई एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसी, गण्डकी प्रदेश कमिटी सदस्य डिल्लीराज गौतम, जिल्ला सदस्य अमर थापा, गाउँ पार्टी कमिटीका अध्यक्ष डिलबहादुर कार्की लगायतका नेताहरुले स्वागत गरेका थिए ।  

Skip This