अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोट ककनीका एउटै वडाका ५० जना कांग्रेस र माओवादी परित्याग गरी एमालेमा प्रवेश

नुवाकोट ककनीका एउटै वडाका ५० जना कांग्रेस र माओवादी परित्याग गरी एमालेमा प्रवेश


नुवाकोट – नुवाकोटको ककनी गाउँपालिकाको एउटै वडाका ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले ककनी गाउँपालिका वडा नं ७ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा हिजो (बिहीबार) नेता–कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका हरिराम लामासहित ३० जना र माओवादी केन्द्रका विष्णु थपलिया र नेत्र भट्टसहित २० जना रहेका छन् ।