अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोनिजको महाधिवेशन चितवनको सौराहामा

फोनिजको महाधिवेशन चितवनको सौराहामा


चितवन – नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ ।

फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उहाँले जानकारी दिनुभयो । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।