अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु


तनहुँ – पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका–२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सख्त घाइते युवकको दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । रामबहादुर थापाले मृतक आफ्नो भाइ भएको जनाएपछि पहिचान खुलेको हो ।

ना ३ ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर पश्चात फरार रहेका ट्रक चालक प्रहरी सम्पर्कमा आएको तर नियन्त्रणमा आइनसकेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।