अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता


काठमाडौं-परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ।

आइतबार मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो।

भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले बताएको छ।

मन्त्री खनालले विपद्पछि दिगो र जोखिमप्रतिरोधी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आगामी पुनर्निर्माणमा समेत कोरियाको निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

दक्षिण कोरियाका विदेशमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताएको मन्त्रालले जानकारी दिएको छ ।

उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका विषयमा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने बताएका थिए ।

बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् । त्यसबारेमा पनि उनले खनालसँग जानकारी लिएको बताइएको छ ।

दक्षिण कोरियाका कोरिया डिजास्टर रिलिफ टिम यतिखेर नेपालमा उद्धारमा खटिइरहेको छ ।