काठमाडौँ – विवादित ग्रिन आर्मीको दर्ता खारेज भएको छ। भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा देखिएपछि विवादित बनेको ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको हो। गैरनाफा मुलक संस्थाका रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको संस्थाले सेनासँग समानान्तर गतिविधि गरेको झल्को दिएपछि यसको वैधानिकमाथि प्रश्न उठेको थियो।
स्रोतका अनुसार हालसालै ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको हाे। दर्ता खारेज भएपछि यसका गतिविधिमा स्वतः प्रतिबन्ध लागेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफा मुखी कम्पनीका रुपमा ग्रिन आर्मी २०७७ साउनमा दर्ता भएको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘आर्मी’ शब्द राखेर संस्था बनाए पनि सैनिकको जस्तै पोशाक लगाउने अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाजिक काम गर्ने गरी समाज कल्याण परिषदमा आबद्ध भएको थियो।
रक्षा र गृह मन्त्रालयको समेत अनुमतिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्रिन आर्मीलाई नेपाली सेना र सशस्त्र प्रहरीको झल्को दिने खालको हरियो प्यारामिलिटरी पोसाक, दज्र्यानी चिह्न र दज्र्यानी संरचना (मार्शल, क्याडेट आदि) प्रयोग गर्न अनुमति दिएको पाइएको छ।
उक्त संस्थालाई सैनिकको जस्तै पोशाक प्रयोग गर्न नेपाली सेनाका मेजर जनरल अनन्त बहादुर कार्की र तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले दिएका थिए। थापाले आफूले स्वीकृत गरेको अनुमति सच्याउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लगत्तै अनुरोध गरे पनि नरोकिएको सैनिक अधिकारीहरु बताउँछन्।


प्रतिक्रिया