काठमाडौं-मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ र जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
गुठीको साधारण सभा बैठकले नेवार समुदायका परम्परागत मुकुन्डोनाचका विषयमा लेखिएको वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरेको हो।
मदन पुरस्कार २०८२ का लागि यसअघि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरिएको थियो। ती कृतिमध्ये जोशीको पुस्तकलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।
मदन पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।
यसैगरी, गुठीले करिब छ दशकदेखि गीत लेखनमा सक्रिय वरिष्ठ गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली गीतसंगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका खरेललाई उनको दीर्घकालीन साहित्यिक तथा सांगीतिक योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको हो।
गुठीको साधारण सभा बैठकले दुवै पुरस्कारका लागि नाम चयन गरेको जनाएको छ।


प्रतिक्रिया