काठमाडौं- देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । गएराती पनि भारी वर्षा भए पनि सो भन्दा ठूलो र धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएका छ । हिमाली भूभागका केही स्थानमा तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । यस्तै तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको विभागले जानकारी दिएको छ ।


प्रतिक्रिया