अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय बीमा कम्पनीको सीईओमा ज्ञानेन्द्र ओझा नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा ज्ञानेन्द्र ओझा नियुक्त


काठमाडौँ – राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रराज ओझा नियुक्त हुनु भएको छ ।

नेपाल सरकार अर्थ मन्त्रीस्तरको बैठकले अर्थ मन्त्रालयका उप–सचीव समेत रहेका ओझालाई कम्पनीको सीईओ नियुक्त गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्याल गत भदौमा अर्थमन्त्रालय फिर्ता भएपछि सीईओ पद रिक्त थियो । सरकारले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको भएपनि मन्त्रालयका उपसचीव ओझाको नाम सिफारिस गरेको थियो । यसअघि कम्पनीको सीईओ पदका लागि आवेदन दिएका ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट गरेको थियो । तर सत्तारुढ दलभित्र नै सहमति नभएपछि मन्त्रालयका उपसचीव ओझालाई सीईओ नियुक्त गरेको हो ।

कम्पनीले सीईओको लागि गत मङ्सिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि मङ्सिर २६ गतेसम्म समय दिएको थियो । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए । सरकारले अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो ।