अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्राकृतिक सम्पदाले धनी देश हो : अध्यक्ष तिमिल्सेना

नेपाल प्राकृतिक सम्पदाले धनी देश हो : अध्यक्ष तिमिल्सेना


पाल्पा – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुनपर्ने बताउनुभएको छ । उहाँले देशलाई सधैं हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जननिर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताउनुभयो  ।

नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने कला र संस्कृति प्रशस्त भएको बताउनुभयो। उहाँले नेपाल कला संस्कृति, जातजाति भाषाभाषीको अध्ययन गर्ने खुला विश्वविद्यालय रहेको बताउनुभयो।