अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाणिज्य संघको अध्यक्षमा एमाले उम्मेदवारको फराकिलो अग्रता

वाणिज्य संघको अध्यक्षमा एमाले उम्मेदवारको फराकिलो अग्रता


फिदिम– पाँचथर उद्योग वाणिज्य संघको मत गणना जारी छ । एक हजार मत गणना गर्दा अध्यक्षमा एमाले निकट नवराज घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ ।

घिमिरेले पाँच सय २१ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रतिस्पर्धी कांग्रेस निकट नरेन्द्रसाद अधिकारीले चार सय २१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा बसन्त रिजालले चार सय ५३ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै गरी मिलन गिरिले चार सय ४९, सोमकुमार थापाले चार सय ४८, कुमारी मिश्रले चार सय २४ र चन्द्रप्रसाद काफ्लेले चार सय २३ मत प्राप्त गरेका छन् ।

महासचिवमा उमानाथ अधिकारीले चार सय ६१ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी सूर्यकुमार मगरले चार सय २३ मत प्राप्त गरेका छन् । सचिवमा विकास थापाले चार सय ८७ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी सञ्जीव जोशीले तीन सय ७४ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरी कोषाध्यक्षमा चन्द्रप्रसाद डाँगीले चार सय ७२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी प्रतिमा पौडेल रानाले तीन सय ८७ मत प्राप्त गरेकी छन् ।