अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा तालमेल मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

निर्वाचनमा तालमेल मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । अहिले केही समयमै बैठक सुरु हुनेछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक आशन्न स्थानीय निर्वाचनका विषयमा केन्द्रित हुने बताइएको छ ।

निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने गठबन्धनमा सहमति भइसकेको छ । यसबारे थप छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।