काठमाडौं-गृहमन्त्री सुधन गुरुङले नागरिकले अनावश्यक दुःख भोग्न नपरोस् भन्ने उद्देश्यका साथ सरकारले निरन्तर काम गरिरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विगतको भाषणमुखी राजनीतिक संस्कारलाई परिवर्तन गर्दै वर्तमान सरकारले परिणाममुखी काममा जोड दिएको दाबी गरे।
उनले लामो समयदेखि नेताहरूले आकर्षक भाषण गर्ने तर त्यसको परिणाम जनताले भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अहिलेको नेतृत्वले काम गरेर देखाउने नीति अवलम्बन गरेको बताए।
‘हामीले आज कति नागरिकलाई दुःख हुनबाट जोगाउन सक्यौं भन्ने कुरा नै महत्वपूर्ण हो। त्यसैलाई आधार बनाएर काम गरिरहेका छौं,’ उनले भने, ‘थाकेपछि मात्रै आराम गर्छौं। घडीको समय हेरेर काम रोक्ने पक्षमा हामी छैनौं।’
गृहमन्त्री गुरुङले सरकार नागरिकको सेवा, सुशासन र जनअपेक्षा पूरा गर्ने लक्ष्यका साथ चौबीसै घण्टा सक्रिय रहेको समेत बताए।


प्रतिक्रिया