अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको वडा अधिवेशन कार्यतालिका फेरि परिवर्तन

कांग्रेसको वडा अधिवेशन कार्यतालिका फेरि परिवर्तन


काठमाडौं-नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको कार्यतालिका पुनः संशोधन गरेको छ। भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेसले वडा अधिवेशनको मिति सार्ने निर्णय गरेको हो।

मंगलबार कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिअनुसार अब गाउँ-नगर वडा अधिवेशन २०८३ असोज ३ र ४ गते सम्पन्न गरिनेछ। स्थानीय अनुकूलता अनुसार ती दुई दिनमध्ये उपयुक्त मिति तय गरी अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।

कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा वडा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन यही अवधिभित्र सम्पन्न गर्नुपर्ने जनाएको छ।

यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सो तालिका परिमार्जन गरी असोजमा सारिएको निर्वाचन समितिले जनाएको छ।

संशोधित कार्यतालिकाअनुसार गाउँ तथा नगरपालिकाको अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ। यस्तै, कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गरिने भएको छ।