अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटलाइट इन्टरनेट सेवा

बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटलाइट इन्टरनेट सेवा


काठमाडौं-डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउन थालेका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याटसँग सहकार्य गरी २० गतेदेखि निःशुल्क स्याटलाइट इन्टरनेट सेवा दिनथालेको हो। 

यसबाट विपद्को समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने कम्पनीले जनाएको छ। यसअनुसार हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्त्वपूर्ण केन्द्रहरुमा निःशुल्क सेवा दिइएको छ। 

युटेलस्याट वनवेबको लोअर्थ अर्बिट स्याटलाइट प्रविधिमार्फत उपलब्ध यो सेवाले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रुपमा काम गर्ने कम्पनीले जनाएको छ। यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता एवं राहत कार्यमा संलग्न विभिन्न सरोकारवालाबीच सूचना आदानप्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने कम्पनीको विश्वास छ। 

‘प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चारमाध्यम उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’, डिशहोमले भनेको छ, ‘यस्तो कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।’