काठमाडौ- नेपालमा हाल भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ ।
बिहीबार प्रदेश १ को पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।







प्रतिक्रिया