हेटौंडा – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याए प्रतिरोध गर्ने चेतावनी दिनु भएको छ । हेटौंडामा बुधबार पत्रकार सम्मेलन गर्दै पौडेलले प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग्याउने र भरतपुरमा सञ्चालन गर्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाउनु भएको हो ।
उक्त प्रतिष्ठान प्रदेश तथा मकवानपुरको गौरवको आयोजना रहेको भन्दै उहाँले यसलाई भरतपुर लगिए प्रतिवाद गर्ने चेतावनी दिनु भएको हो । उहाँले आफू नेतृत्वको सरकारले स्थापना गरेको प्रतिष्ठानलाई कमजोर बनाउने र यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै कमजोर बनाउन वर्तमान सरकार लागेको आरोप लगाउनु भयो । यो अध्याधेशमार्फत केवल राजनीतिक बेइमानी मात्र नभएर मकवानपुरे आम जनताप्रति अक्षम्य अपराध गरिएको उहाँको भनाइ छ ।







प्रतिक्रिया