अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट युवा नेता शम्भु साहसहित तीन जनाको दाबी

लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट युवा नेता शम्भु साहसहित तीन जनाको दाबी


जनकपुर-धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट युवा नेता शम्भु साहसहित तीन जनाको दाबी परेको छ ।

सोमबार बसेको पार्टी गाउँपालिका कमिटी बैठकमा साहसहित दिनेश यादव र अजय यादवले अध्यक्षको उम्मेदवारी दाबी गर्नुभएको थियो । जिल्ला पार्टीमा तीनै जनताको नाम सिफारिस गरी पठाइएको साहले बताउनुभयो ।

विगतमा पार्टी माथि चौतर्फी घेराबन्दी भएको बेलमा पार्टी बचाउने अभियानमा लागेको कारण नेता कार्यकर्ताको माया आफू प्रति रहेको साहले दाबी गर्नुभयो । पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि आफूलाई स्वीकार्य भएको उहाँले बताउनुभयो ।

यसै गरी उपाध्यक्षको उम्मेदवारीको लागि भोलि यादव, रीना साह र कौसल्या यादवको नाम सिफारिस भएको छ । सिफारिस गरिएका मध्य भोलि यादव गएको स्थानीय तह निर्वाचनमा झिनो मतले पराजित हुनुभएको थियो ।

Skip This