अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एन्फाको फेसबुक पेज ह्याक

एन्फाको फेसबुक पेज ह्याक


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ।

एन्फाले बिहीबार आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो। एन्फाको फेसबुक पेज यसअघि पनि ह्याक गर्ने प्रयास गरिएको एन्फाले जनाएको छ।

ह्याक भएको फेसबुक पेज रिकभर गर्ने प्रयास गरिए पनि सफल नभएपछि एन्फाले नयाँ पेज खोलेको छ।

पुरानो पेज अप्रिल ७ देखि अपडेट छैन।

ह्याक भएको एन्फाको फेसबुक पेजमा एक लाख ९० हजार १६१ लाइक रहेको थियो।