अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई नव प्रतिगामीको संज्ञा दिंदै नेकपा एसका केन्द्रीय सदस्य सहित २७५ जनाले पार्टी छाडे

माधव नेपाललाई नव प्रतिगामीको संज्ञा दिंदै नेकपा एसका केन्द्रीय सदस्य सहित २७५ जनाले पार्टी छाडे


काठमाडौं -माधव नेपाललार्ई नव प्रतिगामीको संज्ञा दिंदै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धू कन्दङ्वा सहित २७५जनालले पार्टी परित्याग गर्नुभएको छ ।
शनिवार प्रेस वक्तव्यमा निकालर केन्द्रीय सदस्य कन्दङ्वाले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले सैद्धान्तिक र वैचारिक दृष्टिकोणले, पद्दति गत र प्रवृतिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्दै पार्टी परित्याग गर्नुभएको हो ।

वक्तव्यमा पछिल्लो समय एमसीसी जस्तो राष्ट्रिघाती अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याई पार्टीलाई राष्ट्रघाती र नवप्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा वसिरहन नैतिक रुपले नमिल्ने ठहर गरी स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवन यापन गर्ने निर्णय गरेको उल्लेख छ ।

उहाँसंगै केन्द्रीय सल्लाहकार समितिका गोपिचन्द्र गिरी, जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ । उहाँहरुको बिज्ञप्तीमा पार्टीका २७५ जना समर्थकले पार्टी परित्या गरेको उल्लेख छ ।