अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो फेसबुक ह्याक भयो : राजेन्द्र महतो

मेरो फेसबुक ह्याक भयो : राजेन्द्र महतो

लोसपा छाडेको घोषणा !


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ ।

महतोले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले सो कुरा बताउनु भएको हो । उहाँले दोषीलाई कारबाहीको माग समेत गर्नु भएको छ ।

ह्याकपछि महतोको पेजमा लेख्नु भएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगको यात्रालाई आजबाट पूर्णरूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदयदेखि धन्यवाद ।’

पार्टी परित्याग गरेको घोषणासहितको स्टाटस अपलोड भएलगत्तै उहाँलाई धेरैले फोन गरेको स्रोतले जनायो । गुनासो आएपछि नेता महतोले फेसबुक चेक गर्नुभयो । स्टाटस हेरेपछि उहाँ आश्चर्यमा पर्नु भयो ।

महतोले त्यसलाई खण्डन गर्दै लेख्नु भएको छ, ‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने छु।’